काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका–७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महत छन् ।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरीवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरीवाना गरी कूल २० दिन कैद र ४८ लाख जरीवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।
FACEBOOK COMMENTS