काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १२ लाख ३१ हजार २११ जनाले आवेदन दिएका छन् । शुक्रबारसम्म १ अर्ब ६३ करोड ८९ लाख ८४ हजार रुपैयाँको १ करोड ६३ लाख ८९ हजार ८४० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS