काठमाडौं, चैत ९ – मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ।
सम्झौतासँगै मनिग्रामका २ सय बढी देशका सेवाग्राहीहरुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नछन्।
जसअन्तर्गत खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, युरोप, बेलायत लगायत मुलुक छन्।
मनिग्राम मार्फत् पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ।
यसमार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ।
FACEBOOK COMMENTS