काठमाडौँ — नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइराला तत्काल भारत छाड्न धम्की आउन थालेको छ ।
लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा मनिषको टुईट लाईे भारतीय मिडियाले आलोचनातमक समाचार प्रसारण गरेपछी उनलाई तत्काल भारत छाड्न धम्की आउन थालेको हो ।
उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप समेत लगाएका छन् ।
परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस भन्ने आशा गर्छौं ।’ उनको ट्वीटलाई ७ सय भन्दा बढीले रिट्वीट गरेका छन् ।
FACEBOOK COMMENTS