काठमाडौं । लामो समयको चर्चापछी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् ।
उनले ६ मन्त्री हटाएर ६ जना नयाँलाई समावेश गरेका छन् भने केहीको मन्त्रालय हेरफेर गरेका छन् । उद्योगमन्त्री मातृका यादब, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, कृषिमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला बालबालिकामन्त्री थममाया थापा हटाएका छन् । भने उद्योग तथा वाणिज्य मन्त्रीमा सुदुरपश्चिमका लेखराज भट्ट, श्रममन्त्रीमा रामेश्वर राय यादब, भौतिक पूर्वाधारमन्त्रीमा वसन्त नेम्वाङ, कृषिमन्त्रीमा घनश्याम भुसाल, सामान्य प्रशासनमन्त्रीमा हदयेश त्रिपाठी र महिला बालबालिका मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका छन् ।
ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका उपेन्द्र यादबलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने स्वास्थ्यको जिम्मेवारी यसअघि कानुन मन्त्री रहेका भानुभक्त ढकाललाई दिएका छन् ।
स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत नियुक्त भएका छन् भने शहरी विकास राज्यमन्त्रीमा रामविर मानन्धर नियुक्त भएका छन् । ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा, युवराज खतिवडा, संचारमन्त्री गोकुल बाँस्कोटा, खानेपानीमन्त्री विना मगर, खेलकुदमन्त्री जगत विश्वकर्मा, शहरी विकासमन्त्री मोहम्मद इस्तिहाक राई, भूमि सुधारमन्त्री पद्मा अर्याल, उर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत र पर्यटनमन्त्री योगेश भट्टराईलाई यथावत राखेका छन् ।
नयाँ मन्त्रीहरुको आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन्।
FACEBOOK COMMENTS