काठमाडौं, बैशाख २४ – लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बुधबार(आज) बस्दैछ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिएपछि आज विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो ।
उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको भए पनि कति दिन थप्ने भन्ने विषयमा भने बुधबार ११ बजेपछि बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ ।
समितिले सातदेखि १० दिन लकडाउन थप गर्ने प्रस्ताव गरेको छ ।तर यस बिषयमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।
नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन जारी छ । चौथोपटक थप भएको लकडाउनको अवधि बिहीबार सकिने छ । सो भन्दा पहिले नै लकडाउन थप्नेबारे निर्णय मन्त्रीपरिषदले गर्न लागेको हो ।
FACEBOOK COMMENTS