काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सुझावको समर्थन गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले पुनले जेनजी युवाहरुलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने बताउदै सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेकोप्रति समर्थन गरेका हुन् ।
एकता नै शक्ति हो भन्दै नेता बस्नेतले गुटबन्दी विनाशको बाटो भएको उल्लेख गरेका छन् । उनले नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउ भन्दै राजनीतिक दलहरू र जेन्जी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
बस्नेतले देशलाई विदेशी रणभूमि बन्न दिन नहुने भन्दै विकृति र विसंगति हटाएर मुलुक निर्माणको सङ्कल्प गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पञ्चायती व्यवस्था चालवाज र गुटबन्दीले ढल्यो । २०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ । जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्, त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन् । जेन–जी पुस्ताले पनि अब त्यही गल्ती दोहोर्याउन हुँदैन । तपाईंहरू कुनै दल होइन, एउटा उमेर समूह हो । देश सुधारको भावना लिएर अगाडी बढौं । एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन बढौँ । महावीर पुनजीको यो भनाइलाई समर्थन गरियो ।’
यस्तै, उनले ‘एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउँ राजनैतिक दलहरू र जेन्जी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गरौं । देशलाई विदेशी रणभूमि बन्न नदिऔं । विकृति र विसंगति हटाएर मुलुक निर्माणको सङ्कल्प गरौँ’ पनि भनेका छन् ।
महावीर पुनको पूर्ण धारणाका लागि तलको समाचार क्लिक गर्नुहोस्–
जेन्जी युवाहरुलाई गुटबन्दी र खुट्टा तानातान नगर्न महावीर पुनको सुझाव
FACEBOOK COMMENTS