काठमाडौं– जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नाग भुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ ।
बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नाग भुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।
उक्तमन्दिर परिसरको थपभौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकमप्रदान गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS