काठमाण्डौँ — मलेसियाले श्रम कानुन हेरफेरको अन्तिम तयारी गरेको छ ।
विदेशी कामदारहरुको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षा आदि विभिन्न विषयमा आधारित ६४ वर्षे पूरानो आफ्नो रोजगार सम्बन्धी ऐनमा महत्वपूर्ण परिवर्तन गर्न लागिएको हो ।
यसमा उल्लेखित कतिपय व्यवस्थाहरु ७ वर्षअघि संशोधन गरेको थियो ।
उक्त प्रस्तावित ऐन पारित भइ लागु भएमा नयाँ कामदार भर्नासमेत उक्त ऐनबमोजिम नै गर्ने मलेसियाको तयारी छ ।
स्रोतका अनुसार अब उक्त प्रतिवेदन प्रस्ताव छलफलका लागि यसै महिनामा संसदमा पेश हुनेछ ।
यसपाली संशोधन गर्न लागिएका ऐन कामदार र रोजगारदाता दुवैको हितमा हुने बताइएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS