काठमाडौं, भदौ १५ । दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन । राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गरी मूल्य बढाउन माग गरेको हो ।
विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो ।
आफुहरको उत्पादन लागतमा बिगत तीनबर्ष यता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ ।
उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।
अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।
नेपाल सरकारले कृषि क्षेत्रलाई बिगतमा जस्तै बेवास्ता. गरिरहे यो क्षेत्र धारासाहि हुने अवस्थामा पुगिसकेको छ । प्रतक्ष्य अप्रतक्ष्य पचासौ लाख नागकिबको रोजगारी गुम्ने खरबैं का पशुवस्तु मर्ने राज्यको खरबौको व्यपार घाटा बढ्ने भई आगामि केही वर्षमा नेपालको अस्तित्य समाप्त हुन सक्ने बिकराल अवस्था देखिने किसानहरुले बताए ।
FACEBOOK COMMENTS