काठमाडौं, पुस ३ – उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको छ ।
उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर मुद्धाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । जिल्लाकै आदेश सदर गरिएसँगै महरा डिल्लीबजार कारागारमा थुनामै रहनेछन् ।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा उनलाई गत असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
उच्च अदालतको आदेशमा चित्त नबुझे महरा सर्वोच्च जाने विकल्प भने अझै बाँकी नै छ ।
FACEBOOK COMMENTS