काठमाडौं, पुस १ – नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।
तरुण दलका अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्र हगरेका हुन् । अध्यक्ष बस्नेतले भनेका छन् ‘ प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ ।’
अध्यादेश फिर्ता गर्नका लागि आग्रह गर्दै जारी भएको अध्यादेश अनुसार कुनै पनि निर्णय नगर्न पनि अध्यक्ष बस्नेतले आग्रह गरेका छन् । उनले संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यतामा नेपाल तरुण दल रहेको पनि प्रष्ट पारेका छन् ।
विज्ञप्तिमा अध्यक्ष बस्नेतले राष्ट्रपतिको भूमिका प्रति पनि प्रश्न उठाएका छन् । उनले भनेका छन् ‘सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’
उनले माउ पार्टी काँग्रेसले सर्वसत्ताबाद विरुद्धको अभियान शुरु गरिसकेकाले यो अभियान अझै सशक्त हुने पनि बताएका छन् ।
FACEBOOK COMMENTS