काठमाण्डौ, १० फागुन- टेकसिँह धामी/कैलाली । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरमा महाकालीको पुल निर्माणमा देखिएको समस्या समाधान हुने बताएका छन् । कञ्चनपुरमा शुक्लाफाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले ६ महिनाभित्रमा बाधा फुकाएर निर्माण गरिने दाबी गरेका छन् ।
ढुङ्गाका कारण निर्माणाधिन चार लेनको महाकाली पुलको काममा अवरोध सिर्जना भएको बताउँदै उनले मन्त्रालयमा पेश भएको प्रतिवेदन स्वीकृत गरेपनि मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री आलेले कञ्चनपुरमा रहेका आरक्ष पीडितको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । ‘कञ्चनपुरका आरक्ष पीडितका समस्याका लागि अब धेरै कुर्नुपर्दैन, १९ वर्षदेखि तपाईंहरु आरक्षपीडित बन्नुभयो,’ आइतबार महोत्सव उद्घाटन कार्यक्रममा उनले भने, ‘अब १९ वर्ष होइन १९ दिन पनि कुर्नु पर्दैन । आयोग बनाएर तपाईंहरुले गुमाएको जग्गा जमिन फिर्ता गर्छौं ।’
कञ्चनपुरका आरक्षपीडितको ०५८ सालदेखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन ।
FACEBOOK COMMENTS