काठमाण्डौँ — कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर १२ वर्ष बितिसक्दा पनि १३ किमिमात्रै निर्माण भएको छ ।
आर्थिक वर्ष ०६३/६४ मा सुरु भएको आयोजनाको काम बजेट अभावले गति लिन सकेको छैन ।
आयोजनाको २८ किमि मूलनहर निर्माण गर्नुपर्नेमा १२ वर्ष बितिसक्दा समेत १३ किमि मूलनहर मात्र निर्माण भएको हो ।
आयोजनाको काम सक्ने अवधि ५ वर्षमात्रै छ ।
५ वर्षको अवधिमा आयोजनाले १५ किमि नहर निर्माण गरिसक्नु पर्ने भए पनि सरकारले आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नगरिदिँदा आयोजनाको काम अझै लम्बिने सम्भावना छ ।
महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका निर्देशक लोकबहादुर थापाले आयोजनाका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरिदिँदा कामले गति लिन नसकेको बताए ।
— कारोबार
FACEBOOK COMMENTS