काठमाण्डौं– काठमाडौं महानगरपालिकाले सहकारी संस्थाको संख्या घटाउने भएको छ ।
सहकारीमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न र बलिया संस्था बनाउनका लागि निष्कृय सहकारीको खारेजी तथा एकीकरणमा प्रोत्साहन गरी संस्था घटाउने गरी महानगरपालिकाको सहकारी विभागले कार्यक्रम अघि बढाउन खोजेको हो ।
संघीय सरकारले १ हजार ८६५ सहकारी महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
तीमध्ये अधिकांश बचत तथा ऋण सहकारी रहेको विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यी सहकारीमध्ये निष्कृयलाई खारेज गर्ने र मर्जरमा प्रोत्साहन गर्ने उनले बताए ।
“साधारणसभा नगर्ने, विवरण नबुझाएका निष्कृय सहकारीलाई खारेजीमा लैजान्छौं,” ढकालले भने, “त्यसपछि संस्थालाई मर्जरमा पनि प्रोत्साहन गछौं ।”
महानगरले जारी गरेको सहकारी ऐनमा पनि मर्जरमा जाने सहकारीलाई प्रोत्साहन गर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS