काठमाडौं – काठमाडौं महानगरपालिकाले स्थानीयलाई बैशाख १२ गतेसम्म बिकास योजना माग गर्ने समय दिइएको छ ।
आर्थिक बर्ष २०७६÷०७७ का लागि तयार गरिने बार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग बिकास योजना माग गरिएको हो ।
यसका लागि बिकास माग गर्ने व्यक्तिले बिकासबाट लाभ प्राप्त गर्ने बर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तरक्रिया, छलफल र बिचार बिमर्श गरेर बैशाख १२ गतेसम्ममा वडा समितिको योजना बुझाउनुहोस्, टोलस्तरीय योजना माग गर्न महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
स्थानीयबासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन् । पेश भएका योजनाको प्राथमिकीकरण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
टोलबासीबाट पप्त भएका योजनामा वडाले देखेका योजना थप हुनेछन् । यसरी संकलन भएका योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, बिपद् व्यवस्थापन, शुशासन र संस्थागत बिकास जस्ता क्षेत्रमा बर्गीकरण गर्नेछ । त्यसपछि योजनाको क्रमागत सूची महानगरमा पठाइनेछ । समितिलाई योजना पठाउन बैशाख १५ गतेको समय दिइएको छ ।
महानगरले आर्थिक बर्ष २०७६÷०७७ का लागि योजना तथा कार्यक्रम छनौट बर्गीकरण र प्राथमिकीकरणका सम्बन्धमा जारी गरेको सूचनामा यी बिषयहरु उल्लेख छन् ।
FACEBOOK COMMENTS