काठमाडौं उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट वानेश्वर सरेको छ । नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय वानेश्वरमा सरेको हो ।
महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि वानेश्वरमा घर भाडामा लिइएको अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘वानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट अब सेवा प्रवाह गर्नेछौं ।’ काठमाडौं प्रहरी परिसर, टेकु भने यथावत रहने छ । पहिले काठमाडौं प्रहरी मातहत रहेको केरकार शाखा ०५० सालपछि तत्कालीन एसपी राजेन्द्रबहादुर सिंहको पालामा उपत्यका अपराध अनुसन्धान शाखा हुँदै अहिले अपराध महाशाखा बनेको हो ।
FACEBOOK COMMENTS