डिएन घिसिङ,
कोरोनाभाईरस कोभिड-१९ महामारीले बिश्व आक्रान्त बनिरहेको छ।समग्र मानव समुदायले नै अस्तित्वको लडाई लडदै गर्दा पक्कै पनि हाम्रा सामु चुनौती थपिएको नै छ । यस घडीमा दैनिक जीवनयापन कति कस्टकरपूर्ण बनिरहेको छ भन्ने लख सहजै काटन सकिन्छ । यस मानेमा नियमित क्रियाकलापहरु संकुचनमा परेका छन् । जसरी मानिस परिस्थितीको दास बनेको छ उसैगरि संगतिमा विराम लागेको छ । मानिस परिस्थितीको दास बन्दै गर्दा आँफैसँग पैठेजोरी खेल्नुको के औचित्य ? यद्यपी फकिर मन र मस्तिस्कलाई सम्झाउने बुझाउने कृयामा भने मान्छे पक्कै छ । तर पनि मन न हो बहलिन्छ । दिमाग न हो चली हाल्छ । र खेलाडीहरुले पनि त पक्कै मन र मस्तिस्कलाई पक्कै विचरण गराउदै होलान । समय काटने मेसो पाउदा सहज होला र नपाउदा पक्कै छटपटी बढछ नै । र यस्तो समयलाई बुझेर अझ भनौ यस खालको परिस्थितीलाई साझा समस्याका लिनु नै मनाशिव हुनेछ ।
बिषय प्रवेश
मुलतःशरीर विज्ञानमा अङ्ग र प्रत्याङ्हरुको सक्रियता वा निष्क्रियताबाट सोच र विचारमा परिवर्तन हुनु सामान्य गुण मानिन्छ ।शिथिलता र आलस्यता जस्ता जैविक गुणहरु शरीर विज्ञानमा आधारित रहेको हुन्छ।
वातावरणसँग सहजता मानिसको पहिलो आधार स्तम्भ मानिन्छ।दैनिक क्रियाकलापको संकल्पबाट मानिसले भावी योजना मात्रै तय गर्दैनन्, स्वयंमा उत्पन्न हुने दया, प्रेम, भावना जस्ता कुराहरुले समेत अर्थ राखेको हुन्छ।बदलिदो सामाजिक परिस्थितिमा नैरास्यता, विचलन, किंकर्तविमुड,कुन्ठाजस्ता अनुभुती हुनुमा मनोबैज्ञानिक कारण रहने मनोबिदहरुले अर्थ्याएका छ्न। ब्यायाम तथा खेल सम्बन्ध बारेका नजिकबाट अध्ययन गरेका अमेरिकी खेल मनोवैज्ञानिक डा.जारोड स्पेंसरले सामाजिक परिवेश र बदलिदो चुनौतीले दृष्टिकोणमा परिवर्तन हुने बताएका छ्न।
‘तपाईं किन खेल्न चाहनुहुन्छ? तपाईं किन कसरत गर्न चाहनुहुन्छ? तपाईंसँग खेलको लागि इच्छा छ ? जस्ता कुराहरू ले मनमा अन्तरद्वन्द्व ल्याउने र त्यसले प्रभावित बनाउन सहयोगी भुमिका निभाइराख्ने मनोवैज्ञानिक डा.स्पेन्सरले उल्लेख गरेका छ्न।कुनै पनि बाह्य सफलता वा प्रोत्साहन विना नै खेलाडी सामु यस्ता प्रश्न अक्सर तेर्सिन्छन् । एक सन्दर्भमा उनले भनेका छ्न ‘आन्तरिक प्रेरणालाई पर्याप्त मजबुत बनाउने हो भने आन्तरिक भावनालाई रोक्न सकिने मात्रै हैन थप उर्जा भरेर ब्यायामको सक्रियता बढाउन सकिन्छ’ ।
स्वास्थ्य र लचिलोपनमा शारीरिक अभ्यासको भूमिका अन्तर्निहित रहने अमेरिकी प्राध्यापकद्वय डा. मार्नी र सिलभरमानको सोधले पुस्टी गरेको छ ।शारीरिक व्यायाम,नियमित व्यायाम र सहज ब्यायामको माध्यमबाट प्राप्त फरकफरक शारीरिक लाभले तनावपूर्ण घटनाहरूको सम्भावित प्रतिकूल व्यवहारलाई रोक्न सघाउछ । जसका कारण साधरण ब्यबहार देखाउन मद्दत गर्दछ।नियमित व्यायामको गतिविधिले लचिलोपनलाई बढावा दिने र प्रणालीगत क्रियामा रहेका सम्बन्धित विभिन्न रोगहरूको बिरूद्ध प्रतिरोधात्मक क्षमता सृजना गर्ने काम समेत गर्दछ। यसबाहेक व्यायामले मस्तिष्कमा मूड परिबर्तन गरेर सकारात्मक उर्जा दिलाउन मद्दत पनि गर्दछ।
कोरोनाभाइरस कोभिड १९ विश्वव्यापी महामारीको रूपमा बढ्दै जाँदा यसले व्यापक चिन्ता, डर र तनाव पैदा गर्दैछ । यी सबै स्वाभाविक र सामान्य प्रतिक्रियाहरू हुन् । जो सबैले अनुभुती गरिसकेका छ्न।डब्ल्युएचओ युरोप क्षेत्रीय निर्देशक डा.हंस हेनरी पी भन्छन“हामी सबैले अनुहार हेरेको कुरा यो हो कि हामीले हाम्रो जीवन र समुदायहरूमा यति छिटो तनावग्रस्त भएको तनावपूर्ण परिस्थितिलाई हामीले कसरी व्यवस्थित गर्ने र प्रतिक्रिया गर्ने भन्ने नै हो। यहाँ हामी स्वयं सामर्थ्य र सहयोगको उल्लेखनीय शक्तिहरुको बारेमा आकर्षित हुन जरुरी छ।डा.हेनरीले संकटलाई सबैभन्दा बढी प्रभावकारी रूपमा प्रतिक्रिया दिन व्यक्ति, परिवार र समुदायका सदस्यहरू, साथीहरू र सहकर्मीहरूले स्वस्थमा ध्यान दिनुपर्ने बताएका छ्न। शारीरिक व्यायामले तौल प्रबन्धन गर्ने मात्रै नभई शारीरिक गतिविधिमा हुने धेरै रोगहरु र स्वास्थ्य स्थितिको लागि जोखिम कम गर्न धेरै भुमिका निर्बाह गर्दछ। एक शारीरिक ब्यायामले जीवनको समग्र जीवनस्तर सुधार गरेर स्वास्थ्य समस्याहरूबाट बचाउन समेत मद्दत गर्दछ।
FACEBOOK COMMENTS