काठमाडौं, वैशाख २५ । विश्वभर कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलँदा चीनको वैदेशिक व्यापार उछालिएको छ । चालू वर्ष २०२१ को अप्रिल महिनामा चीनको निर्यात ३२.३ प्रतिशतले बढेको हो ।
महामारी फैलिएको समयमा विश्वमा उपभोग्य सामानको माग बढेपछि निर्यात बढेको चीनको सरकारी निकायले बताएको छ । अप्रिल महिनामा मात्रै चीनबाट २६३.९ अर्ब अमेरिकी डलरको निर्यात भएको छ ।
यद्यपी, चालू वर्षको फेब्रुअरी र मार्चमा चीनको निर्यात ६० प्रतिशतले बढेको थियो । त्यसको तुलनामा कम भएपनि चीनको समग्र निर्यात बढेको देखिन्छ ।
यसैगरी, अप्रिलमा चीनको आयात ४३.१ प्रतिशतले बढेर २२१.१ अर्ब डलर पुगेको छ । जुन, एक महिना पहिलोको आयातको तुलनामा ३८ प्रतिशतभन्दा बढी हो ।
विशेषज्ञहरुका अनुसार विश्वभर कोरोना महामारीले भयावह स्थिती आउँदा नाटकीय ढंगले चीनको निर्यात बढेको छ ।
FACEBOOK COMMENTS