काठमाडौं– महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतामा उल्लेख भएबमोजिम महालक्ष्मी विकास बैंक लि.का कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदानगर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग जेएएनबीआई कोर्स लगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको छ ।
तालिम पश्चात कर्मचारीहरुमा कुशलकार्य सम्पादन क्षमता अभिवृद्धि रसकरात्मक सोचकोविकास हुने अपेक्षा सहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मीविकास बैंककोे तर्फबाट प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS