काठमाडौं, माघ २७- महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिराटनगर शाखाले “Thalassemia” रोग बाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारकालागि स्थापित “Sugandha Thalassemia Project”लाई रु. २,५०,०००÷–(.दुई लाख पचास हजार) रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
श्री आर्दश मा.वि.विराटनगरमा विश्वक्यान्सर दिवसका अवसरमा Biratnagar Platinium Round Table-11 द्वारा आयोजित माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बिच बैंकको बिराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
देशकाशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरुमार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या करिब पाँचलाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS