काठमाडौं, असोज १९ – महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ कोराना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू २२ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि सोमबार उनी संक्रमणमुक्त भएका हुन् । उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन् ।
कोरोना भएपछिको जटिल स्वास्थ्यकाबीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।
FACEBOOK COMMENTS