काठमाडौं, मंसिर ४ – महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोलिसी बोनस घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/७६को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमांङ्किय मूल्याङ्कन गरी बीमीतहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।
बीमा समितिको पत्रबाट स्वकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५र७६ को लागि न्यूनतम ५० रुपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ ।
FACEBOOK COMMENTS