काठमाडाैं, माघ १८ – महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखार उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रममा सम्पन्न भएकाे थियाे । भट्टराईले कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी भइन्छ भन्ने बारेमा प्रेरणामुलक तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा नियो डिजिटलले अभिकर्ताको लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो । कार्यक्रमको उद्घोषण एजेन्सी तथा तालिम विभागका प्रमुख सिताराम धिमालले गरेका थिए ।
FACEBOOK COMMENTS