काठमाडौं, कार्तिक २६ – महालक्ष्मी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुर्खेत शाखाले कार्तिक २४ गते आइतबारका दिन विरेन्द्रनगर न. पा.–३ मा अवस्थित श्री हरि डिल भूमि माध्यामिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरिदिएको छ ।
बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।
त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखालेबज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कायक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझैं प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS