काठमाडौं, माघ १९- महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवाप्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्नेग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।
ग्राहकहरुले नियमित रुपमाकर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्कफिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्त सम्मकरिब ६० जना ग्राहक लाभान्वित हुन सफलभएक छन् । आगामी दिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बंैकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदानगरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ ।
FACEBOOK COMMENTS