काठमाडौं, चैत १३ – महालक्ष्मी विकास बैंककाे १९ औँ वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
शुक्रबार सम्पन्न भएकाे बैंककाे साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशत का दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे ।
साथै बैंकले साधारणसभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।
FACEBOOK COMMENTS