काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि. ले कैलाली जिल्लामा स्थापित बैंकका दुई शाखाहरु संचालनमा ल्याएको छ ।
कैलारी गाउँपालिका वडा नं १, स्थित हसुलिया शाखा तथा गोदावरी नगरपालिका वडा नं १, स्थित अत्तरिया शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
दुवै शाखा कार्यालयहरुको समुद्घाटन सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराल गरे ।
आगामी दिनहरुमा आफ्ना ग्राहकहरुलाई बैंकले अझै उत्कृष्ट सेवा दिइने जनाइएको छ ।
FACEBOOK COMMENTS