काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि. ले तनहुँको व्यास नगरपालिका वडा नं ३, सफासडक स्थित दमौली शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।
दमौली शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानले गरे ।
शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको बताए ।
त्यसैगरी उनले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने बताए ।
महालक्ष्मी विकास बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS