काठमाडौं, चैत १ –महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् ।बैंकको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सिइओमा नियुक्त गरेको हो ।
वि.सं. २०७६ बैशाख १ गतेदेखि सिटिजन्स बैंकमा डेपुटी सिइओको रूपमा कार्यरत थिए भने सिटिजन्स अघि उनी नेपाल बैंकमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय उनले महालक्ष्मीमा सिइओको जिम्मेवारी पाउने तय भएसँगै दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए ।
FACEBOOK COMMENTS