काठमाडौं, मंसिर २३ – महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौँको सानो भ¥याङ्गमा सञ्चालनमा ल्याएको छ ।
आज एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द« पौडेलले संयुक्त रुपमा दीपप्रज्वलन गरी गरेका हुन् ।
बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गरी आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा प्रदान गर्ने दिने प्रतिवद्धता व्यक्त गरे ।
देशभरी १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
FACEBOOK COMMENTS