काठमाडौं – महालक्ष्मी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका छन् । शर्मालाई साउन २ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।
शर्मालाई बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा प्रमुख कार्यकारी अधिकृतको रुपमा स्वागत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे ।
FACEBOOK COMMENTS