काठमाडौं, भदौ ९ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंज शाखा र तुलसीपुर शाखाले गत शनिबारका छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको काठमाडौं स्थित बैंकको महाराजगंज शाखाले काठमाडौं महानगरपालिका वडा नं ३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष दिपक के.सी र बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरिएको थियो ।
महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।
यसका साथै बैंकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबार वृक्षारोपण गरेको हो । बैकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेका छन ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS