काठमाडौं,माघ १६- महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कालिमाटी शाखा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।
उक्त उपकरण अस्पतालको ८६ औं वार्षिकोत्सव समारोहकाबिच समारोहका प्रमुख अतिथीतथा माननिय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका थिए । अस्पतालमा उपचारका लागिआउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्नसक्ने उच्च सम्भावना देखिएको हुँदाउक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदानगर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS