काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गदैं आइरहेको छ ।
यसै क्रममा बैंकको महिलवार, लुम्बिनी शाखाले महिलवार, लुम्बिनीमा अवस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखी कक्षा १२ का किशोरीहरुका लागि Sanitary Napkin Vending Machineh8fg जडान जडान गरेको छ ।
उक्त मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् ।
यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन् ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS