काठमाडौं, पुस ९ -महालक्ष्मी विकास बैंकले दृष्टिबिहिन सहयोग केन्द्र नेपाललाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले देशका विभिन्न स्थानमा रहेका दृष्टिबिहिन बालबालिका तथा युवाहरुको हकअधिकार सुनिश्चित गरी उनिहरुको वृत्तिविकासमा टेवा पु¥याउदै अन्यव् यक्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिबिहिन सहयोग केन्द्र नेपाललाई सय (१००)थान फोल्डेड सेतो छडी (Folded White Cane) हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
दृष्टिबिहिनलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहजहोस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS