काठमाडौ, बैशाख ३० – महालक्ष्मी विकास बैंकले हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकल मिति २०७६/१२/१६ गते जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नु पर्ने किस्ताहरु मध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १०% छुट प्रदान गरेको छ ।
ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १०% छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।
FACEBOOK COMMENTS