काठमाण्डौँ – महालक्ष्मी विकास बैंक लिमिटेड र ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सम्झौता गरेको छ ।
महालक्ष्मी विकास बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले अस्पतालसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक तथा ग्राहकका परिवारले उपचार खर्चमा ७.५५ छुट पाउनेछन् ।
यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा १०५ छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS