काठमाडौं, माघ १३ – महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुकालागि गुणस्तरीय सेवा प्रदानगर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पश्चात ग्राहकहरुले Real Time Gross Settlement (RTGS) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोरहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मीविकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका थिए ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मीविकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।
FACEBOOK COMMENTS