काठमाडाैं । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् ।
सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरू आउने गर्छन् ।
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यावस्थापनलाई तीव्रता दिएको छ ।
सबै तस्बिरहरू : नेपाल फाेटाे लाइब्रेरी ।
FACEBOOK COMMENTS