काठमाडौं, ०३ असोज – नेपाल उद्योग वाणिज्य महासघंका कार्यकारिणी उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कार्यकारिणी सदस्यहरु ज्योत्सना क्षेष्ठ र भरत राज आचार्य सुप्रबल जनसेबा श्री पदकबाट बिभुषित हुने भएका छन ।
संविधान दिवसको अवसरमा उनीहरु बिभुषित हुन लागेका हुन । उद्योग व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल सरकारले उनीहरुलाई बिभुषित गर्न लागेको हो । उपाध्यक्ष श्रेष्ठ क्वेस्ट फर्मास्युटिकल्सका प्रमुख कार्यकारी हुन भने महासंघको आसन्न निर्वाचनको लागि उपाध्यक्ष पदका उम्मेदवार पनि हुन ।
त्यसैगरि, ज्योत्सना श्रेष्ठ रत्न तथा आभुषण संघकी अध्यक्ष एवम् मेरिगोल्ड ज्वेलर्सकी संचालक हुन ।
FACEBOOK COMMENTS