नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित उद्यमी व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्धारा प्रदान गरिएकोे विभिन्न मानपदवी, अलंकार र पदकद्धार विभुषित हुनु भएको छ ।
महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल र कार्यकारणी सदस्य तथा नेपाल सौदर्य ब्यवसाय संघका अध्यक्ष कमला श्रेष्ठ कीर्तिमय राष्ट्रदीपबाट विभुषित हुनु भएको छ । मानपदवीबाट अन्य उद्यमी व्यवसायीहरू पनि विभुषित हुनु भएको छ ।
FACEBOOK COMMENTS