काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले निरज केसी लाई कोषध्यक्षमा नियुक्ति गरेको छ । महासंघको सचिवालयमा बसेको बैठकले उनलाई कोषध्यक्षमा नियुक्त गरेको उपाध्यक्ष उमेशलाल श्रेष्ठले कर्पोरेटलाई जानकारी दिए ।
ज्ञानेन्द्रलाल प्रधानले कोषध्यक्षबाट राजिनामा दिएपछि केसीलाई नियुक्त गरिएको हो ।
त्यस्तै महासंघको बैठकले कात्तिक २९ गते विशेष साधरण सभा बोलाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको फरकमतका बावजुत महासंघले विधान संशोधनका लागि कात्तिक २९ गते विशेष साधारणसभा तोक्ने निर्णय गरेको छ।
वरिष्ठ उपाध्यक्ष गोल्छा,निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशेष साधारणसभाको विपक्षमा छन् ।
विशेष साधारणसभामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान उल्टाउने प्रस्ताव संशोधनका लागि पेश गरिँदैछ।कार्यसमिति बैठकमा महासंघकी अध्यक्ष भवानी राणाले सुरुमा विशेष साधारणसभा तोक्ने प्रस्ताव राखेकी थिईन्।
‘
FACEBOOK COMMENTS