काठमाडौं, कार्तिक २८ – प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी अभियानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका हुन्। निर्वाचन अभियानअन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उनको टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।
सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए।
FACEBOOK COMMENTS