कोरोना भाइरसका कारण सरकारले सभा र सम्मेलन गर्न रोक गर्न निकालेको सुचना समेत महासंघले नमान्ने
कुर्सी कै लागि हजारौंको ज्यान धरापमा
२६ फाल्गुण – कोरोना भाईरसका कारण विश्वमा आतंक मच्चिएको छ । हरेक देशमा यसको प्रकोप बढने हो कि भन्ने त्रासले सबैको सात्तो लिएको अवस्था छ । मानिसहरु यहि डरका कारण त्राईमाम बनेका छन् । छिमेकी मुलुक चीनमा १ लाख १० हजार भन्दा माथिको संख्याका मानिसमा यसको संक्रमण देखिएको छ भने ३६ सय जनाको ज्यान गईसकेको छ । कोरना भाईरस लागेर कतै अकालमा नै त्यसै ज्यान नै पो जाने हो कि भनेर चीनमा यति सम्म मानिस त्रसित छन् की भाईरसबाट बच्न प्लास्टिकबाट आफुलाई ढाक्न थालेका छन । अर्को छिमेकी राष्ट्र भारतमा पनि यसको प्रकोप बढेको छ । संसार भरिका ८२ भन्दा बढि राष्ट्र यसको चपेटामा परिसकेको अवस्था छ । यस्तै ईटालीले यसको सङक्रमणबाट बढदै गएको मृत्यु दर रोक्न १ करोड ५० लाख मानिस क्वारेन्टाईनमा राख्ने तयारी गरेको छ । र विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखिसकोको छ । साथै उच्च सतर्कता अपनाउन घुमाउरो पाराले निर्देशनात्मक आदेश जसरी हाई अलर्ट रहनुपर्ने भन्दै नोटिस जारी गरेको छ ।
विभिन्न संघ संगठनहरु आ–आफ्ना क्षेत्रवाट यो भाईरसलाई छिर्न नदिन के गर्न सकिन्छ र छिरिहाले के गर्ने भन्नेमा योजनाबद्ध ढंगले लागिसकेका छन् । तर नेपालकै सरकार पछिको ठुलो संजाल भएको संगठन, नेपाल उद्योग वाणिज्य महासंघमा भने बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्न सरकारले अहिले निकालेको सुचनालाई समेत बेवास्ता गर्दै चैत्र २८ र २९ गते नै चुनाव गर्ने भन्दै सुचना जारी गरेको छ ।
विभिन्न संघ संगठनहरु आ–आफ्ना क्षेत्रवाट यो भाईरसलाई छिर्न नदिन के गर्न सकिन्छ र छिरिहाले के गर्ने भन्नेमा योजनाबद्ध ढंगले लागिसकेका छन् । तर नेपालकै सरकार पछिको ठुलो संजाल भएको संगठन, नेपाल उद्योग वाणिज्य महासंघमा भने बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्न सरकारले अहिले निकालेको सुचनालाई समेत बेवास्ता गर्दै चैत्र २८ र २९ गते नै चुनाव गर्ने भन्दै सुचना जारी गरेको छ ।
सो नोटिससंगै महासंघमा चरम राजनीति भएको भन्दै सदस्यहरु विरोधमा उर्तिन थालेका छन् भने कतिले त यस्तो भयवित अवस्थामा चुनाव सार्नुको विकल्प नरहेको भन्दै चेतावनी दिएका छन् । ज्यान नै मासिए के को चुनाव भन्दै उनीहरु आक्रोशित बनेका छन् । कतिसम्म भने यत्रो त्रासदी मच्चिरहेको बेलामा संवेदनशिल बन्दै सहयोगका लागि हात बाढन त परै जाअोस उल्टो बाटो हिडदै राज्यलाई नै आहत पुर्याउने काम महासंमा हालीमुहाली गर्ने तप्काबाट भएको छ । यस्तो बेलामा जो कोही पनि देशवासी र राष्ट्रका लागि जिम्मेवार बन्न आवश्यक रहन्छ नै । अझ महासंघ जस्ता संगठनको त भूमिका अपरिहार्य रहन्छ ।
किनकी देशमा बसेर ब्यापार गर्न पाउनुपर्छ भन्नु मात्र ब्यापारिक वर्गको दायित्व होईन, म वा हामी संकट पूर्ण घडीमा सरकारको जनताको साथमा छौ भन्नुपर्ने उनीहरुको दायित्व हो । यधपी महासंघमा कुर्सी ताकेर बस्नेहरु तगारो बन्दै महासंघलाई नै दाउमा राख्न पुगेका छन् । तसर्थ ठुलो सञ्जाल भएको निजी क्षेत्रको अभिभावक संगठन भित्र नेत्रीत्व पाउन कै लागि संस्थाको सांखलाई दाउमा राख्ने गरि चुनाव गरौ भन्नु सरासर गलत भएको भन्दै विरोधका स्वरहरु गुन्जिन थालेको छ ।
महासंघमा सदस्यहरुका लागि काम आउदैन भने संगठन नै खारेजिमा लानुको विकल्प नरहेको भन्नेसम्मका आक्रोश मिश्रित भनाईहरु छताछुल्ल भएको छ ।
महासंघमा सदस्यहरुका लागि काम आउदैन भने संगठन नै खारेजिमा लानुको विकल्प नरहेको भन्नेसम्मका आक्रोश मिश्रित भनाईहरु छताछुल्ल भएको छ । यस विषयमा महासंघका डिजि संग संपर्क गर्दा समितिले गरेका निर्णय एक महिना नोटीसको रुपमा ननिकाले पछी कानुनी काम गरेन भनेर मुद्धा मामला समेत हुनसक्ने भएकोले निकाल्न परेको बताउछन् । तर उनको यो अप्रष्ट जवाफले यस सम्वन्धी जरुरी मिटिङ समेत राख्न नसकेको र माथिको दबाव हावी भएको प्रष्ट हुन्छ ।
यसै विषयमा महासंघकी अध्यक्ष भवानी राणासंग जिज्ञासा राख्दा प्रदेशहरुले चुनाव गर्न नसक्ने भनेर लेखेर पठाएको प्रतिकृया दिएकी छिन् । त्यसको छलफल ३० गते राखेकोले त्यही वखत नै के हुने भनेर ठोस निर्णय आउछ भन्दै निराशाजनक जवाफ दिइन ।
तर यसको पछाडी पनि बरिष्ठ उपाध्यक्ष गोल्छानै रहेको नाम उल्लेख नगर्ने सर्तमा महासंघकै कर्मचारीहरु भन्छन् ‘शेखर सर चैत्र ३० गते वाट महासंघ आउने हो सबै जना सर्तक बस्नु उसको यस किसिमको अभिब्यक्ती र किशोर प्रधानको घोषणा सभामा वर्तमान अध्यक्ष भवानि राणालाई नै गैर ब्यालेन्सीट बनाएको भनेपछी राणा महासंघबाट वरिर्गमन हुने वेलामा अझ बेसी गोल्छाको आलोचना नसुन्ने विचारले चुप रहेको प्रष्ट हुन्छ ।
तर गम्भीर प्रश्न यो उठेको छकी ७५ जिल्लाका ३ हजार भन्दा ज्यादा मानिसलाई काठमाडौमा भेला गर्दा कोरनाको जोखिमको अवस्था कति प्रतिसत पुग्ला यसको आकलन सरकारले पनि गर्ला ? तर यौटा कुरा प्रष्ट भएको छकी अव आउने अध्यक्षलाई देश र जनता भाडमे जाओस भन्ने चरीत्र प्रस्ट भएको छ । यसरी नै बल मिच्याइ गर्ने हो भने कर्मचारीहरु ले पनि चुनावका बेला राजिनामा दिएर हिडने अवस्था नआउला भन्न सकिन्न । किनकी ज्यान भन्दा जागिर ठुलो होइन । चेतना भया ।
FACEBOOK COMMENTS