संविधान दिवसका अवसरमा महासंघका अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको एक समारोहका बीच झण्डोत्तोलन गर्नुभयो । साथै अध्यक्ष राणाले महासंघको झण्डा पनि झण्डोत्तोलन गर्नुभयो ।
सो अवसरमा अध्यक्ष राणाले संविधान दिवसका अवसरमा सबै उद्यमी व्यवसायीहरूमा शुभ–कामना दिनुहुदै समृद्ध राष्ट्र निर्माणको अभियानमा सिंगो निजी क्षेत्र एक जुट भएर लाग्न आव्हान गर्नुभयो । साथै आर्थिक प्रगतिबाट मात्र राजनीतिक व्यवस्था दीगो र स्थायी हुने हुंदा मुलुकभित्र प्रगतिको वातावरण बनाउन सरकार, दल, नागरिक समाज सहित सिंगो देश एक हुनुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, सचिवालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS