नेपाल उद्योग वाणिज्य महासंघले दसैंको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम राख्यो । सबै कार्यकारी सदस्यहरुलाई बोलाईयो जव महासंघ पुगे सबै जना छक्क परे शुभकानाको कार्यक्रममा विभिन्न संघ संस्था, पत्रकारहरू, राजनीतिक पार्टीहरुलाई वोलाउने गरीए पनि यसपालि बरिष्ट उपाध्यक्ष शेखर गोल्छाको आदेश र निर्देशक गोपाल प्रसाद तिवारीको निर्देशनमा अन्य निकायलाई बन्देज गरियो । उक्त कार्यक्रममा सबै भन्दा रामाईलो पक्ष त महासंघको अध्यक्ष भवानि राणालेनै विमति जनाउँदै शुभकामना कार्यक्रममा उपस्थिति जनाएनन् भने बस्तुगतका उपाध्यक्ष उमेश लालश्रेष्ठ र प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले आफु खुसी कार्यक्रम गरेकाले विरोध जनाएर हिँडे । आर्का जिल्ला उपाध्यक्ष किशोर प्रधानले पनि आफ्नो उपस्थिति जनाएनन् । बरिष्ठ उपाध्यक्ष गोल्छाको रबैयाले दिक्क भएका सदस्यहरू यो भाँडभैँलोपछी नेपाल उद्योग वाणिज्य महासंघको भविष्य कता जाने भन्ने चिन्ता प्रकट गरेकाछन् ।
FACEBOOK COMMENTS