काठमाडौं, वैशाख ३० । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा आइसोलेशन सेन्टर बनाएको छ ।
महासंघले भोली विहीबारदेखि सञ्चालनमा ल्याउने गरी कमलपोखरीमा २६ बेड क्षमताको आइसोलेशन सेन्टर बनाएको हो ।
तर, उक्त आइसोलेशन सेन्टरमा अक्सिजन र आपतकालिन उपचारको व्यवस्था भने छैन । यद्यपी, आवश्यक्ताका आधारमा थप बेड संख्या बढाउँदै लगिने बताइएको छ ।
कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, लक्षण नदेखिएका संक्रमितलाई उक्त आइसोलेशनमा राखिने छ ।
आइसोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ । यस्तै, आरम्भ फाउण्डेशनले दैनिक व्यवस्थापन र संचालन गर्ने छ । यसैगर, फाउण्डेशनले दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था समेत गर्ने छ ।
आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गरिेन छ ।
स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।
आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।
आइशोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ ।
र त्यसपछिको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । महासंघका अध्यक्ष शेखर गोल्छाले संक्रमणका बेला उचित खानपिन र क्वारेन्टाइनको समस्यामा पर्नेलाई लक्षित गरेर आइसोलसन बनाएको बताए ।
भने, ‘दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।’
FACEBOOK COMMENTS