काठमाडौं, पुस १५ – नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीको कार्यकल पूरा भएको छ । उनलाई महासंघले विधीवत रुपमा बिदाई गरेको छ ।
तिवारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने महासंघका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई आभार व्यक्त गरेका छन् । उनले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
उनले फेसबसकमा लेखेका छन्- ‘नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको डेढवर्षपछि आजदेखि विधिवत् रुपमा अलग्गिएको छु । महासंघको जिम्मेवार, निर्णायक एवम् महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा मेरो कार्यकालमा सुझाव तथा सल्लाह, सहयोग तथा मार्गदर्शन गर्नुहुने नेउवा महासंघका आदरणीय अध्यक्ष श्री भवानी राणा ज्यू लगायत नेतृत्वदायी भूमिकामा रहनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरु, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, भूतपूर्व मन्त्रीज्यू हरू, सचिवज्यूहरु, वरिष्ठ अधिकारीज्यूहरु, महासंघसँग सम्बद्ध सम्पूर्ण व्यवसायीज्यूहरु, सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु तथा सदस्यज्यूहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
उनलाई नेपाल उद्योग वाणिज्य महासंघले २०७५जेष्ठ ९ गते उक्त पदमा नियुक्त गरेको थियो।
FACEBOOK COMMENTS