काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा दुई चर्चित अनुहारहरु उमेशलाल श्रेष्ठ र सौरभ ज्योतिले हार व्यहोरे । यि दुवै जनाको व्यक्तित्व र लोकप्रियता हेर्दा चुनाव त हारि नहाल्लान भन्ने अनुमान धेरैको थियो । उमेशलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संथापक पुष्पलालका छोरा थिए भने सौरभ ज्योति प्रतिस्ठित व्यवसायीक घराना ज्योति ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पद्म ज्योतिका छोरा थिए ।
सतहमा दुवै जनाको तयारी र चर्चा पनि राम्रै थियो । महासंघ भित्र राम्रै पकड भएको मानिन्थ्यो र विश्वासको कुनै कमी थिएन । दुवै जना वचनका पक्का थिए त्यसैले उनीहरु चुनाव जित्नेमा ढुक्क थिए । तर नतिजा भने ठ्याक्कै उल्टो भैदियो । चुनावी हार जित सक्षम हुँदैमा जितिने र अक्षम देखिदैमा हारिने त पक्कै होईन् ।
सामुहिक प्रयास र अन्य विविध पक्षले यसमा भुमिका खेलेको हुन्छ नै । त्यस्तै परिणती यि दुई पात्रले भोग्न पुगे । बस्तुगतबाट चुनाब लडेका श्रेष्ठको चुनावि अभियान राम्रै चलिरहेको थियो । उनले उपाध्यक्ष पदका लागि दोस्रो कार्यकालका लागि चुनाब लड्दै थिए । प्रतिद्वन्दी लक्ष्मि ग्रुपका अन्जान श्रेष्ठ थिए ।
अन्जन भन्दा उमेशलालको चर्चा चुलिएको देखिन्थ्यो । हुन त स्थापित ब्राण्ड हुण्डाई, सुजल फुडस र साल्ट ट्रेडिङका अँशियार अन्जन लरोतरो त पक्कै थिएनन यद्यपी उमेशलालको खरो व्यवहार निकै सर्हाईएको बिषय थियो । त्यसैले निर्वाचनका बखत उनको पल्लाभारी रहेको आँकलन हुँदै आएको थियो । तर झिनो नभई भारी मत अन्तरले उनले पराजय भोग्नु पर्यो । जुन महासंघको राजनीतिमा भिजेकाहरुका लागि अप्रत्याशित नै थियो ।
कमसेकम विगतमा जुन पदमा विराजमान थिए त्यही पदमा दोर्याउन लागेका श्रेष्ठले हार व्यहोर्ने गरि निर्वाचन पक्कै लडदैनन् भन्ने धेरैको अनुमान थियो । एक त राजनीतिक विरासतबाट पनि सहजै पद र प्रतिस्ठा हासिल गर्न सक्ने ल्याकत राख्ने श्रेष्ठलाई निजी क्षेत्रले सदावहार रुपमा अपनाउन चाहेन भन्नु मुर्खता हुनेछ । किनकी राजनीतिमा गठजोडले पनि माने राख्छ ।
अर्को तर्फ एसोसियट तर्फको उपाध्यक्ष उम्मेदवार थिए सौरभ ज्योति र रामचन्द्र संघई । सौरभका प्रतिद्वन्दी रामचन्द्र संघई चर्चामा त्यती आएनन तर पनि चुनावमा बाजी मारे । झट्ट हेर्दा साङघाई खासै नाम नसुनेका व्यवसायी मध्येमा पर्थे भने ज्योति आफैमा चर्चित नाम थियो । सौरभ ज्योतिको हार र रामचन्द्र संघईको जितलाई अस्वभाविक मान्नेहरु पनि देखिए । अझ ११ मतको झिनो मतान्तरले ज्योतिले चुनाव हारे । हुन त उनलाई जिताउन उनको प्यानलबाट धोका भएन भन्ने लेखाजोखा भयो । तर पनि आखिर जीत त जीत नै हो र त्यो बाजी संघईले मारे ।
त्यसैले चुनावी रणनीतिमा संघई अब्बल नै ठहरिए । सरसर्ती हेर्दा चुनावको अघिल्लो दिनसम्म यि २ उम्मेदवारले चुनावी अंक गणितमा जित्दै थिए । तर चुनावको अघिल्लो अन्तिम रात के भयो ? यो प्रश्न अहम छ । १०१ मत रहेको बस्तुगतमा अन्जन श्रेष्ठ ६२ र उमेशलाल श्रेष्ठले ३८ मत ल्याए । ४७ मतको आँकडा रहेको अन्जनको रातारात १५ मत कसरी बढ्यो यो उमेशलाका लागी सधैनै प्रश्न रहिरहने छ ।
त्यस्तै एसोसियटमा चुनाव जित्न २ वाटा गणितले काम गर्छ । एक प्रोक्सी कलेक्सन गर्ने अर्थात कम्पनीहरुको भोटिङ अधिकार आफै लिने र अर्को स्वतन्त्र रहेका भोटरलाई आफुतिर आर्कषण गर्ने । कुल ९ सय ४ भोट मध्ये ४४५ रामचन्द्रको र ४३४ सौंरभका रहयो । जम्मा ११ मतले ज्योतिले चुनाव हारे । दुवै तर्फले ४ ,४ सयको हाराहारीमा प्रोक्सी उठाई सकेको थियो भने १०४ मत स्वतन्त्र थियो । जसमा पनि ३५ को हाराहारीमा रामचन्द्रको नजिकको थियो भने ७४ मत ज्योतिको नजिकको थियो । त्यसैले सौंरभ चुनाव जिल्नेमा ढुक्क थिए । तर नतिजा आउँदा अर्कै आयो । ११ मतले रामचन्द्रले चुनाव जिते । सौंरभलाई पनि कसले धोका दियो भन्नेमा आशंका रहिरहन सक्ने भयो । जे जस्तो गरेर भएपजि चुनाव जित्नेको लागि रणनीति बुन्न कि त आँफै काबिल हुनु पर्छ कि अरुको माइन्ड सेटमा अघि बढनु पर्छ ।
हुन त एक न एकले हार्नै पर्छ । यद्यपी सम्भावना बोकेकाहरुको हारले धेरैले धक्का व्यहोर्नु पर्छ ।अर्थात भनौ ‘सक’ मा रहनेहरुको जमात थुप्रै हुन्छन । अपत्यारिलो जस्तो लाग्छ । आखिर सत्य त सत्य हुन्छ । हार्नेको अनुमान गलत हुँदा परिणाम पनि उल्टेर आउँछ नै ।पाठ सिकेर अघि बढनुपर्छ । हारले जित्न सिकाउँछ पनि । तर हारलाई आदत बनाउनु भने हुन्न । हार्ने आदत बस्यो भने जित्ने आधार भात्किन्छ । क्षमता र समयको सम्मान नगर्दा मानिसले आफ्नो अवमुल्यन भएको ठान्ने हुँदा अन्तिम समयमा खुलेर सहयोग नहुने अवस्था रह्यो भन्नेको जमात पनि सतहमा देखिएका छन् ।
सौरभ चुनावको नतिजाको विषयमा केहि नबोल्ने बताउछन् । यो कार्यकालमा महासंघको कुनै पनि आमन्त्रित कोटामा गएर झुण्डीने चलनको अन्त्य गर्ने उनी बताउछन् । ज्योति भन्छन् ‘जितेकालाई काम गर्न दिनु पर्छ, हामी बाहिर रहेपनि सक्दो सहयोग गर्ने नै छौं’ । त्यस्तै श्रेष्ठ भने मौन नै छन् । उनको आगामी रणनीति पर्ख र हेरको अवस्थामा छ । तर पनि श्रेष्ठ र ज्योतिको भावना भने एउटै छ । जितेकोलाई काम गर्न दिनुपर्छ र बाहिर बसेर रचनात्मक सहयोग गर्नुपर्छ ।
FACEBOOK COMMENTS